नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

ओकेखबर संवाददाता ३ माघ २०८१, बिहीबार १३:५३ मा प्रकाशित ( हफ्ता अघि) २० पाठक संख्या
नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि जितेको हो । जितका लागि १ सय ३ रनको लक्ष्य पाएको आर्मी ७४ रनमै अल आउट भयो ।
पुलिसको जितमा सागर ढकाल र ललित राजवंशीले कसिलो बलिङ गरे । पुलिसका लागि सागर ढकालले ६ तथा ललितनारायण राजवंशीले ४ विकेट लिए ।
आर्मीका लागि इम्रान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन जोडे । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो संस्करणको यस प्रतियोगितामा पिएम कप पुरुष क्रिकेटका शीर्ष ४ टोली सहभागी थिए । नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेशले पहिलो संस्करणको जय ट्रफी खेलेका थिए ।


सम्बन्धित खबरहरु