आर्सनलसँग टोटनहाम पराजित, एस्टन भिल्लासँग एभर्टन स्तब्ध

ओकेखबर संवाददाता ३ माघ २०८१, बिहीबार ०७:२७ मा प्रकाशित ( हफ्ता अघि) १८ पाठक संख्या
इङ्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहामलाई पराजित गरेको छ । गए राति भएको खेलमा आर्सनलले २-१ गोलको जित निकालेको हो ।

त्यस्तै अर्को खेलमा न्युकासलले उल्भ्सलाई पराजित गरेको छ । उल्भ्स न्युकासलसँग ३-० ले पराजित भएको हो । उता लिसेस्टर सिटीलाई क्रिस्टल प्यालेसले २-० ले स्तब्ध पार्दा एस्टन भिल्लाले एभर्टनविरुद्ध १-० को जित निकाल्यो ।

यो जितसँगै २१ खेलमा ४३ अंक बटुलेको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १ खेल कम खेलेको लिभरपुल भने ४७ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै २१ खेल खेलेकको नोटम फरेस्ट ४१ अंकका साथ दोस्रो स्थानमा रहँदा समा खेलबाट ३८ अंक बटुलेको न्युकासल चौथो तथा ३७ अंकका साथ चेल्सी पाँचौँ स्थानमा छ ।


सम्बन्धित खबरहरु