‘पुल दिउँसो साँडे चार बजेतिर भाँचिएको हो। यो पहिलेदेखि नै जोखिम थियो। हामीले पटकपटक सरकारलाई, सडक निर्माण गरिरहेको कम्पनीलाई भनेका थियौँ,’ उनले भने, ‘पुलबाट सवारी लिएर जान मिल्ने अवस्थामा छैन। वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई भनिरहेका छौँ।’
उनका अनुसार दुम्कीवास हुँदै सर्दीको भाइरल सडकको बाटोलाई वैकल्पिक मार्ग बनाउन सकिन्छ। त्यस्तै साना सवारीलाई आज साँझदेखि नै अस्थायी डाइभर्सन बनाएर आवतजावत गर्न मिल्ने बनाउने प्रयास भइरहेको छ।