महासचिव वैद्य केही दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेको जनाउँदै विज्ञप्तिमा उनको शीघ्र स्वास्थ्य लाभाको कामना समेत गरिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई विहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
गत महिना आयोजित एकता महाधिवेशन वेला पनि स्वास्थ्यमा समस्या आएकाले पूरै समय बन्दसत्रमा बस्न सकेका थिएनन् । गत वर्ष पनि उनलाई त्रिवि शिक्षण अस्पतालमा करिब एक हप्ता भर्ना गरेर उपचार गरिएको थियो ।