निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ । बाँकी ४ पदमा मतगणना जारी रहेको आयोगले जनाएको छ । प्राप्त पछिल्लो विवरणअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ ।
यस्तै नेकपा माओवादी केन्द्र एक अध्यक्ष, एक उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ८ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेले हालसम्म एक अध्यक्ष, एक उपाध्यक्ष र पाँच वडाध्यक्षसहित ७ स्थानमा जितेको छ छ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन् ।