डंगोलले ५ हजार ५०६ मत ल्याउँदा महर्जनले ४ हजार ३२६ मत ल्याएका छन्। त्यस्तै एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३२६ मत ल्याएका छन्।
कीर्तिपुरमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले तालमेल गरेकाे थियो। कीर्तिपुरमा माओवादी केन्द्रलाई र काठमाडौँ वडा नम्बर १६ मा एकीकृत समाजवादीलाई सघाउने दुवै दलबीच सहमति थियो।
एकीकृत समाजवादीको साथ पाएपछि आशावादी देखिएको माओवादी केन्द्र कीर्तिपुरमा नतिजा निकाल्न सकेन। त्यस्तै काठमाडौँ वडा नम्बर १६ मा पनि एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार पराजित भएका छन्।
२०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन भएको हो। अघिल्लो निर्वाचनमा नकर्मीले ९ हजार ४३ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका थिए।
त्यो निर्वाचनमा कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले रहेको थियो। एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका थिए। त्यस्तै उपनिर्वाचनमा पराजित भएका महर्जन ४ हजार ९० मत ल्याएर तेस्रो भएका थिए।