काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

ओकेखबर संवाददाता १७ मंसिर २०८१, सोमबार ०७:०९ मा प्रकाशित ( महिना अघि) २८ पाठक संख्या
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन् ।
कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए । एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।


सम्बन्धित खबरहरु