विशेष अदालतका रितेन्द्र थापा, रामबहादुर थापालाई कायमै राखिएको छ । त्यस्तै वासुदेव आचार्यलाई उच्च अदालत विराटनगरबाट सरुवा गरेर श्रम अदालत काठमाडौँको अध्यक्ष बनाएको छ ।
मंगलबार बसेको परिषद्को बैठकले उच्च र जिल्ला अदालतमा ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।
त्यस्तै देशभरका जिल्ला अदालतमा कार्यरत रहेका ६५ जना न्यायाधीशको सरुवा पनि परिषद्ले गरेको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले सरुवा गरेको हो ।