लेदोसहितको पहिरोले दुई बस त्रिशूली नदीमा खस्यो, ६५ यात्रु बेपत्ता

ओकेखबर संवाददाता २९ असार २०८१, शुक्रबार ०६:२० मा प्रकाशित ( महिना अघि) ८९ पाठक संख्या
काठमाडौं । आज बिहान पहिरोले बगाउँदा दुईवटा बस त्रिशुली नदीमा खसेको छ । आज बिहान ३.३० बजे दुईवटा बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बस बगाउदा चालकसहित ६५ जना बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एन्जल बस त्रिशूलीमा खसेको जनाइएको छ । प्रारम्भिक जानकारी अनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेको बताइएको छ । निरन्तर पानी परिरहे पनि उद्धार कार्यका लागि पहिरो पन्छाउन शुरु गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

 


सम्बन्धित खबरहरु