आज बिहान देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेश, लुम्बिनी र गण्डकीका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आफ्नो मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ ।
राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेश, लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको माैसम विभागले जनाएको छ । राति कोशी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।