नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

ओकेखबर संवाददाता २६ असार २०८१, मंगलवार ०७:२३ मा प्रकाशित ( महिना अघि) ६० पाठक संख्या
काठमाण्डौ – नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ ।

राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।


सम्बन्धित खबरहरु