नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक राईलाई महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेदारी दिएको हो ।
साउन पहिलो सातादेखि माल्दिभ्समा हुन लागेको काभा यु–२० भलिबल च्याम्पियनसिपका लागि राईलाई प्रशिक्षकको जिम्मेदारी दिएको हो ।
यसैगरी, संघले अर्जुन घिमिरेलाई सहायक प्रशिक्षक र जुनु पुनलाई टोलीको व्यवस्थापकको जिम्मेदारी दिएको छ । महिला भलिबल खेलाडी उत्पादन गर्ने प्रशिक्षकको रुपमा परिचित राई यसअघि महिला टोलीको सहायक प्रशिक्षक रहिसक्नुभएको छ ।