बाढी र पहिरोबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएका छन् । केही क्षेत्रमा यो हप्ता शताब्दीकै ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीमा फसेका मानिसहरूको खोजी र उद्धार कार्य भइरहेको छ ।
मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । जलवायु परिवर्तनले ठूलो वर्षा र ‘लू’ जस्ता चरम मौसमी प्रतिकूल अवस्था निम्ताएको विज्ञले बताएका छन् ।
हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो । चरम मौसमी प्रभाव कम गर्नेतर्फ तत्काल आवश्यक कदम चाल्नुपर्नेमा पनि विज्ञको जोड छ ।