भारतको उत्तराखण्डमा खराब मौसमका कारण ९ जना पदयात्रीको मृत्यु

ओकेखबर संवाददाता २५ जेष्ठ २०८१, शुक्रबार १०:५० मा प्रकाशित ( महिना अघि) ८१ पाठक संख्या

काठमाडौं । भारतको उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको खराब मौसमका कारण बाटो बिराउँदा ज्यान गएको छ ।

उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ)ले हिजो शुरुमा पाँच वटा शव फेला पारेको थियो । घटनास्थलबाट पछि थप चार शव फेला पारेको हो ।

एसडिआरएफले उद्धार कार्य पूरा गरेपछि शवहरूलाई हेलिकप्टरमार्फत भटवाडी ल्याइएको छ । मृतकहरू सबै कर्णाटकको बेङ्गलुरुका थिए । उत्तराखण्ड प्रहरीले सहस्त्रताल मार्गमा फसेका पदायात्रीहरूको खोजीका लागि उद्धार कार्य पूरा भएको बताएको छ ।

यो क्रममा १३ जना पदयात्रीको सकुशल उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ । कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले पदयात्रीको निधनप्रति शोक व्यक्त गरेका छन् ।


सम्बन्धित खबरहरु