यसैगरी विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ भने मन्त्रालयमा रहेका नयाँ सहसचिवहरूको पदस्थापन पनि गरेको छ ।
अब गृह मन्त्रालयमा जिम्मेवारी नदिई लामो समयसम्म थन्क्याउने परम्पराको अन्त्य भएको गृह अधिकारीहरूको भनाई छ । ‘सहसचिवको दरबन्दी भएको प्रमुख जिल्ला अधिकारी पद उपसचिवले होल्ड गरेर सहसचिवलाई बरन्डामा राख्ने परम्पराको क्रमशः अन्त्य गरिने छ’ एक अधिकारीले भने ।