नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट दुई–दुई जना सदस्य रहेको कार्यदलले साझा न्यूनतम कार्यक्रम तयार पारेको थियो । सो मस्यौदा शीर्ष नेताहरूले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो । मस्यौदा हिजो नै सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको हो ।
कार्यदलले गत शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसमक्ष प्रस्तुत गरेको थियो ।