चैत्र ४ गते पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

ओकेखबर संवाददाता ३ चैत्र २०८०, शनिबार १४:०५ मा प्रकाशित ( महिना अघि) ११९ पाठक संख्या

काठमाडौं । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

 

शनिवार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । उनले चैत्र ४ गते आईतवार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । पर्यटकीय राजधानी घोषणा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने मेयर आचार्यले बताए ।

 

पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको र्‍याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने बताए । पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहायेग पुग्ने बताए । पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न शुरु गरिएको बताए ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए ।

 


सम्बन्धित खबरहरु