विश्वमै पहिलो पटक गैँडामा कृत्रिम गर्भाधान

ओकेखबर संवाददाता २२ माघ २०८०, सोमबार ०६:४४ मा प्रकाशित ( महिना अघि) १३६ पाठक संख्या

काठमाडौं । अफ्रिकामा अतिदुर्लभ सूचीमा रहेको सेतो गैँडामा विश्वमै पहिलो पटक कृत्रिम गर्भाधान गरिएको छ । यो प्रजातिको गैँडा विश्वमा अहिले दुई वटा मात्रै छन् ।

उत्तरी सेतो गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउनका लागि वैज्ञानिकहरूले ती दुईमध्ये एउटा गैँडामा कृत्रिम गर्भाधान गराएका बीबीसीले जनाएको छ ।

वैज्ञानिकहरूले प्रयोगशालामा बनाएका भ्रुणलाई पोथी गैँडाको गर्भाशयमा सफलतापूर्वक प्रत्यारोपण गरेका खबरमा उल्लेख छ ।

यो प्रजाति एक समय मध्यअफ्रिकामा पाइन्थ्यो । तर गैँडाको अवैध सिकार हुँदा लोप हुने अवस्थामा पुगेको छ । बाँकी रहेका दुई वटै गैँडालाई अहिले अफ्रिकामा रहेको प्राकृतिक संरक्षण केन्द्र ओल पेजेटा नेचर रिजर्भमा कडा सुरक्षा दिएर राखिएको छ ।

पृथ्वीमा बचेका दुई मात्रै सेतो गैँडालाई जोगाउन वैज्ञानिकहरूले कठिन सङ्घर्ष गर्नु परिरहेको छ ।


सम्बन्धित खबरहरु