आईभीएफबाट सेतो गैंडा गर्भवती, बन्यो विश्वमै पहिलो घटना

ओकेखबर संवाददाता १३ माघ २०८०, शनिबार ११:२१ मा प्रकाशित ( महिना अघि) १२७ पाठक संख्या

केन्या । गैंडामा विश्वको पहिलो सफल भ्रुण स्थानान्तरण भएको छ । जुन भ्रुण स्थानतरणले उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएको छ । संसारमा अब दुईवटा उत्तरी सेतो गैंडा मात्र बाँकी छन् तर ती दुवै महिला रहेका छन ।

तर अब, तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पहिलो पटक आईभीएफ प्रबिधिवाट गैंडालाई गर्भबती बनाएका छन् । बायो रेस्कु प्रोजेक्टले भनेको छ, ‘गैंडामा विश्वको पहिलो सफल भ्रुण स्थानान्तरण भएको छ, यो ठूलो उपलब्धि हो, उत्तरी सेतो गैंडालाई लोप हुनबाट बचाउने बाटो प्रशस्त खुलेको छ ।’

उसले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो । भनेको छ, ‘गैडामा विश्वको पहिलो सफल भ्रुण स्थानान्तरणले उत्तरी सेतो गैंडालाई लोप हुनबाट जोगाउने मार्ग प्रशस्त गरेको छ । वैज्ञानिक र संरक्षणवादीहरूको अन्तर्राष्ट्रिय संघ, भ्रुण स्थानान्तरण पछि गैंडाको विश्वको पहिलो गर्भ प्राप्त गर्न सफल भएको छ ।’

उसका अनुसार गत सेप्टेम्बर २४, २०२३ मा केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा सेतो गैँडाको भ्रुण भिट्रोमा सङ्कलन गरिएको अण्डाकोष र शुक्रकीटबाट उत्पादन गरी दक्षिणी सेतो गैँडा सरोगेट आमामा सारिएको थियो । उसका अनुसार बायोरेस्क्यु टोलीले ७० दिनको गर्भ रहेको पुष्टि गर्‍यो । ६.४ सेमी लामो पुरुष भ्रुण विकसित भएको छ । सफल भ्रुण स्थानान्तरण र गर्भावस्था अवधारणाको प्रमाण हो र अब सुरक्षित रूपमा उत्तरी सेतो गैँडा भ्रुणको स्थानान्तरणमा जान अनुमति पाएको छ ।

समग्रमा सेतो गैंडाको संख्या घट्दै जानुमा मुख्यतया सिकारीको कारण मानिएको छ । शिकारीको कारणले गर्दा उनीहरुको जनसंख्या घटेको इन्टरनेशनल राइनो फाउन्डेसनले जनाएको छ । केवल दुई उत्तरी सेतो गैंडा संसारमा बाँकी छन् । र, उनीहरूको केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा ७०० एकरको घेरामा बस्छन्, जहाँ तिनीहरूलाई २४ घण्टा सशस्त्र सुरक्षा दिएर राखिएको छ । सेतो गैंडालाई लोप हुनबाट बचाउने अभियानको आधारशिलाको रुपमा यस अभियानलाइ हेरिएको सो संस्थाले जनाएको छ ।


सम्बन्धित खबरहरु