इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकाको ज्यान

ओकेखबर संवाददाता ३ माघ २०८०, बुधबार १८:२८ मा प्रकाशित ( महिना अघि) १०४ पाठक संख्या

काठमाडौं । इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकाको ज्यान गएको छ । आक्रमणमा अन्य ३ जना घाइते भएका छन् ।

इरानले यसै हप्ता इराक र सिरियामा पनि मिसाइल आक्रमण गरेकाे थियो । आज बलुचिस्तानमा आतङ्कवादी समूह जैश अल–अदलसँग जोडिएका २ वटा ठाउँमा आक्रमण गरेको इरानी राष्ट्रिय टेलिभिजन च्यानलले उल्लेख गरेको छ ।

पाकिस्तानले यो आक्रमणलाई गैरकानुनी काम भन्दै यसले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएको छ । यस्तै चीनले पाकिस्तान र इरानलाई संयमता देखाउन र तनाव बढाउने काम नगर्न आग्रह गरेको छ ।

जैश अल–अदल समूहले पाकिस्तानसँगै इरानमा पनि आक्रमण गर्दै आएको छ ।


सम्बन्धित खबरहरु