कैलालीमा मिनी ट्रक दुर्घटना, एकको मृत्यु, १७ जना घाइते

ओकेखबर संवाददाता ५ मंसिर २०८०, मंगलवार १०:२१ मा प्रकाशित ( महिना अघि) २८ पाठक संख्या

धनगढी । कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से १ ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बिकको घटनास्थलमै मृत्यु भएको हो भने ट्रकमा सवार अन्य १७ जना घाइते भएका छन्।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको धनगढीको सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि मिनी ट्रक चालक फरार भएका छन्। तिहार मनाएर पहाडी जिल्लाबाट तराई फर्किनेहरुको भीडभाडका कारण सार्वजनिक गाडीमा सिट नपाएर उनीहरु मिनी ट्रकमा आएको हुनसक्ने प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु