आज: 

टिकटक प्रतिबन्ध विरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

ओके खबर ४ मंसिर २०८०, सोमबार ०९:२३ मा प्रकाशित ( हफ्ता अघि) १२ पाठक संख्या

काठमाडौं। ‘सर्ट भिडियाे प्लेटफर्म’ टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद सर्वोच्च अदालतमा दायर रिटमा आजदेखि सुनुवाइ हुने भएकाे छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता स्वागत नेपाल र जगन्नाथ दुलाल लगायतले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि मंसिर १ गते सर्वोच्चमा परेका सबै रिटलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै निवेदकहरूले सो निर्णय बदर गरी टिकटकमा लगाइएको प्रतिबन्ध तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित खबरहरु