आज: 

इजरायली सेनाको दाबी- हमासले बन्धक बनाएकी यी ६५ वर्षीया महिलाको शव भेटियो

ओके खबर १ मंसिर २०८०, शुक्रबार ०९:२२ मा प्रकाशित ( हफ्ता अघि) १६ पाठक संख्या

एजेन्सी । गाजामा हमासले बन्धक बनाएकी एक महिलाको शव फेला पारेको इजरायली सेनाले बताएको छ। आक्रमणका क्रममा हमासले ती महिलालाई बन्धक बनाएको इजरायली सेनाको दाबी छ।

इजरायल डिफेन्स फोर्सका अनुसार ६५ वर्षीया इजरायली महिला येहुदित वेइसको शव अल–सिफा अस्पताल नजिकैको घरमा फेला परेको हो।

बन्धकहरूलाई रिहा गर्न माग गर्दै आएको संस्था ब्रिङ द देम होमका अनुसार ती महिलालाई स्तन क्यान्सर भएको थियो। अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती महिला आफ्नो रोगबाट निको हुँदै थिइन्। बन्धक बनाएको अवस्थामा उनले औषधि सँगै लान पाएकी थिइनन्।

इजरायली सेनाले हमासले आक्रमणका क्रममा २४० इजरायली नागरिकलाई बन्धक बनाएको दाबी गरिरहेको छ।


सम्बन्धित खबरहरु