आज:
काठमाडौ। चार देश सम्मिलित महिला टी(२० सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल हङकङसँग खेल्दैछ। हङकङ क्रिकेट क्लबको मैदानमा आज बिहान साढे ११ बजेदेखि खेल सुरू हुनेछ।
नेपाल यसअघि बुधबार तान्जानियासँग २७ रनले पराजित भएको थियो।
नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।
पहिलो खेलमा तान्जानियासित पराजित भएको नेपाल दोस्रो खेल जित्ने रणनीतिमा रहेको छ ।