विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड खेल्दै

ओकेखबर संवाददाता २९ कार्तिक २०८०, बुधबार ०७:१२ मा प्रकाशित ( महिना अघि) ६० पाठक संख्या

काठमाडौं । भारतमा चलिरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज आयोजक भारत र न्युजिल्याण्ड खेल्दैछन् ।

यो खेल दिउँसो सवा २ बजे वाङखडेमा शुरु हुनेछ । जारी विश्वकपमा भारत अपराजित टोली हो । न्युजिल्याण्डले नौ मध्ये पाँच खेल जितेर चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

चार वर्ष अगाडिको विश्वकपमा भारत सेमिफाइनलमै रोकिएको थियो । त्यो पनि न्युजिल्यान्डसँग हारेर । त्यस्तै सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्नेछन् । यो खेल पनि दिउँसो सवा २ बजे इडेन गार्डेनमा शुरु हुनेछ ।

नौमध्ये सात खेल जितेको दक्षिण अफ्रिका दोस्रो र नौ खेलमा सातवटा नै खेल जितेको अष्ट्रेलिया रनरेटका आधारमा तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ अर्थात् मंसिर ३ गते आइतवार खेल्नेछन् ।


सम्बन्धित खबरहरु