राष्ट्रपतिले बहिनी शारदा र चन्दाबाट टीका लगाउने

ओकेखबर संवाददाता २८ कार्तिक २०८०, मंगलवार ०८:३७ मा प्रकाशित ( साल अघि) ७८ पाठक संख्या
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्। राष्ट्रपति पौडेलले भोलि बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा बहिनीद्वय शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ। भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा/म्ह: पूजा गरी मनाइँदै छ ।


सम्बन्धित खबरहरु