आज: 

कुन कुन देशहरूले गर्दैछन् त, टिकटकमा प्रतिबन्ध ?

ओके खबर २७ कार्तिक २०८०, सोमबार १८:२० मा प्रकाशित ( हफ्ता अघि) १४ पाठक संख्या

काठमाडौ । सामाजिक सद्भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

नेपालीहरुमाझ पनि चर्चित बन्दै गएको टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्नेबारे बहस चलेको थियो।

अघिल्लो साता गृहमन्त्रालयले साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच यसको नियमनकाबारेमा छलफल गरेको थियो ।

उक्त छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ र प्रमुख विपक्षी दलका नेताहरूसँग समेत सामाजिक सञ्जाल नियमनको विषयमा छलफल गरेका थिए । छलफलमा सत्तासाझेदार मुख्य दल कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसम्मले टिकटकले ल्याएको विकृतिबारे बैठकमै छलफल गरेका थिए ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्रयोगसम्बन्धि निर्देशिका जारी गर्नलाई सहज होस् भन्ने उद्देश्यले बैठक राखेका थिए । उक्त बैठकमा सबै दलका नेताहरुले कुनै न कुनै रुपमा विकृति फैलाइरहेका माध्यमहरुलाई नियमन जरुरी रहेको भन्ने साझा अभिव्यक्ति पाएपछि सरकारले सोमबारको बैठकबाट टिकटकलाई बन्द गर्ने निर्णय गरेको हो ।

’नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,’ सञ्चारमन्त्री शर्माले इकान्तिपुरसँग भनिन् । लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको पनि मन्त्री शर्माले बताइन् ।

नेपालमा सोमबार जे कारणले टिकटक बन्द गर्ने निर्णय गरियो अन्य मुलुकहरुमा पनि यो नौलो होइन् । विश्वभर नै चर्चित बनेको यो सामाजिक सञ्जाल आंशिक र पूर्णरुपमा बन्द गर्ने अन्य ठूल्ठूला मुलुकहरु पनि छन् । छिमेकी भारत, अफगानिस्तानलगायत देशले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् । अभिव्यक्ति स्वतन्त्राका धुरन्धर पक्षधर धेरै ठूला लोकतान्त्रिक मुलुकहरु अमेरिका, फ्रान्स, क्यानडा, बेलायतले जस्ताले पनि यसको टिकटक निर्वाध प्रयोगमामा रोक लगाएका छन् । केही मुलुकहरुले सरकारको गोपनीयता भंग हुने, राष्ट्रिय सुरक्षा र डाटा सुरक्षाको चिन्ताले बन्द गराएका छन् ।

अमेरिकालगायत पश्चिमा देशहरू टिकटकमार्फत चिनियाँ सरकारले संवेदनशील जानकारीमा पहुँच प्राप्त गरेकामा चिन्तित छन् ।

अमेरिकाले आफ्ना टिकटक प्रयोगकर्ता नागरिकको विवरण देशबाहिर लैजान प्रतिबन्ध लगाएपछि टिकटकले हालै त्यहाँ स्थानीय साइबर बनाएको छ ।

टिकटकमा रोक लगाइएका केही मुलुकहरू

भारत

भारतले सार्वभौमसत्ता र अखण्डता, भारतको रक्षा, राज्यको सुरक्षा र सार्वजनिक व्यवस्थाको सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमा संलग्न भएको भन्दै टिकटक र अन्य ५८ चिनियाँ एपहरूमा सन् २०२० मा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । भारत र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भएको झडपपछि सरकारले प्रतिबन्ध लगाएको हो ।

अफगानिस्तान

अफगानिस्तानमा तालिबानले तालिबानले इस्लामिक कानुनसँग मेल न खाने भन्दै अप्रिल २०२२ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

अस्ट्रेलिया

अष्ट्रेलियाले गृह विभागले उठाएको सुरक्षा चिन्तालाई उद्धृत गर्दै संघीय सरकारको स्वामित्वमा रहेका सबै उपकरणहरूमा टिकटक एपमाथि प्रतिबन्ध लगाइएको छ ।

बेल्जियम

बेल्जियमले सरकारी अधिकारीहरूको काममा प्रयोग हुने फोनबाट टिकटकलाई प्रतिबन्ध लगाएको छ ।

क्यानडा

क्यानडाले क्यानाडाले यस वर्षको फेब्रुअरीमा सबै सरकारी मोबाइल उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाएको थियो । एपले गोपनीयता र सुरक्षाको जोखिमको कारण देखाएको थियो ।

डेनमार्क

डेनमार्कको रक्षा मन्त्रालयले गत मार्चमा कर्मचारीहरूलाई उनीहरूको कामका उपकरणहरूमा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाएको थियो।

न्युजिल्याण्ड

न्यूजील्याण्डको संसदले सबै कर्मचारीका उपकरणहरूमा टिकटक प्रतिबन्धको लगाएको छ ।

नर्वे

नर्वेजियन संसदले सरकारी उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाएको थियो ।

अमेरिका र बेलायत

यी मुलुकहरूमा केही सरकारी डिभाइसहरुमा प्रतिबन्ध लगाइएको छ ।

 

 


सम्बन्धित खबरहरु