पटका पड्काउँदा मुख्य बजारमा आगलागी, ५० लाख बढीको क्षति

ओकेखबर संवाददाता २७ कार्तिक २०८०, सोमबार १०:०५ मा प्रकाशित ( 0 महिना अघि) ७३ पाठक संख्या

इनरुवा । गएराति सुनसरी सदरमुकाम इनरुवा(१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीकाअनुसार इनरुवा(१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको हो ।

लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घरपछाडि रहेको रुखको बोटनजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित खबरहरु