चारवटा शवमध्ये तीनवटा शव काठमाडौं आइपुगेको छ । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव आइपुगेको छ भने आशिष चौधरीको शव दिउँसो आइपुग्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे । चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिनेछ ।