आज: 

अब विदेशका नेपाली मतदानको अधिकारबाट वञ्चित हुँदैनन् : प्रधानमन्त्री

ओके खबर १ आश्विन २०८०, सोमबार १३:३३ मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा पत्रकारसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने आश्वासन दिए ।

‘विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छौँ । अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित गरिने छैन’, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि सरकार तयार रहेको पनि बताए ।


सम्बन्धित खबरहरु