मगणना नसकिँदै गगन थापाको जित सुनिश्चित

ओकेखबर संवाददाता ६ मंसिर २०७९, मंगलवार १०:४५ मा प्रकाशित ( साल अघि) ४१४ पाठक संख्या

काठमाडौं । कांग्रेस महानमन्त्री गगनकुमार थापाले काठमाडौं-४ मा जित सुनिश्चित गरेका छन् । ४ हजार ८८१ मतगणना बाँकी छँदै थापाले निकटतम् प्रतिस्पर्धी एमालेका राजन भट्टराईसँग ५ हजार ९९१ मतले अग्रता कायम गरेर जित सुनिश्चित गरेका हुन् ।

थापाले १९ हजार १४ मत पाउँदा भट्टराईको मत १३ हजार २३ रहेको छ । गगनले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि भट्टराईलाई हराएका थिए । यहाँ ४५९१० मत खसेको थियाे भने ४१०५७ मत मतगणना भइसकेकाे छ ।

अब यस क्षेत्रको वडा नं ३० को मत गणना हुन बाँकी छ । जहाँ ४८८१ मतदाता रहेका छन् ।


सम्बन्धित खबरहरु