छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण सफल : गृह मन्त्रालय

ओकेखबर संवाददाता ६ मंसिर २०७९, मंगलवार १०:३७ मा प्रकाशित ( साल अघि) ६२३ पाठक संख्या

काठमाडौं । सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएको बताएको छ । आईतबार निर्वाचन सकिएपछि गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएका हुन् ।

 

उनले निर्वाचन बिथोल्ने गतिविधिको चेतावनी दिने समूहले चेतावनी अनुसार कुनै पनि गतिविधि नगरेको र निर्वाचन सम्पूर्ण रुपमा सफल भएको बताए । उनले सुरक्षा निकायको तदारुकता र कार्ययोजनाको कार्यान्वयनको मुख्य भुमिकाका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन पनि चुस्त भएको बताए ।

 

गृहसचिव सिंहले आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरु र स्थानीयको केही उश्रृंखल क्रियाकलापले गर्दा केही स्थानहरुमा निर्वाचन स्थगित भएको बताए ।

निर्वाचन ८० स्थानमा अवरुद्ध भएपनि समन्वयबाट १५ वटा मतदान स्थल बाहेक अन्य सबै मतदान केन्द्रको मतदान सकिएको बताए । उनले बाँकी १५ वटा मतदान स्थलमा भने पूर्ण रुपमा मतदान हुन नसकेको बताए । उनले कतिपय स्थानमा ४ वटा मतपत्रहरु बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको बताए ।


सम्बन्धित खबरहरु