सञ्चारकर्मी महाविर विश्वकर्माको निधन

ओकेखबर संवाददाता ६ मंसिर २०७९, मंगलवार १०:२९ मा प्रकाशित ( साल अघि) ३२७ पाठक संख्या

चितवन। बहकिने मनका सञ्चालक महविर विश्वकर्माको सडक दुर्घटनामा परी निधन भएको छ।

आज बिहान साँढे ५ चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोकिँदा माइक्रकोमा सवार विश्वकर्माको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र विकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी राप्ती ५ का आयुष लो तामाङ, शंकर चौधरी, उज्वल मैनाली, जवारीलाल विक र धादिङ रोराङ गाउँपालिका-५ का कुशल बिसुराल घाइते भएका छन्।


सम्बन्धित खबरहरु