आज: 

मतगणना अपडेट : कहाँ कसको अग्रता?

ओके खबर ५ मंसिर २०७९, सोमबार ११:२६ मा प्रकाशित ( हफ्ता अघि) २७ पाठक संख्या

काठमाडौं । आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ। मतगणना सुरु भएका ५ क्षेत्रमध्ये २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, २ मा कांग्रेस र एकमा एमालेले अग्रता लिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की- २ र चितवन २ मा अग्रता लिएको हो। चितवन-२मा कांग्रेसले र कास्की-२ मा एमाले उम्मेदवारले पछ्याइरहेका छन् ।

यसैगरी कांग्रेसले मुस्ताङ र भक्तपुर २ मा अग्रता लिइरहेको छ। दुवै निर्वाचन क्षेत्रमा एमालेले प्रतिष्पर्धा गरिरहेको छ।

एमालेले ललितपुर-२ मा अग्रता लिइरहेको छ। त्यहाँ लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टीले चुनौती दिइरहेको छ। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार तेस्रो नम्बरमा छन्।


सम्बन्धित खबरहरु