६१ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

ओकेखबर संवाददाता ४ मंसिर २०७९, आईतवार २०:०७ मा प्रकाशित ( साल अघि) ३८२ पाठक संख्या

काठमाडौं । यसपालिको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक आकलन गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपालिको चुनावमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएका हुन्।

निर्वाचनमा अपेक्षकृत कम मतदान भएको उनको भनाइ छ। यद्यपि मतदानको विवरण संकलनको काम भइरहेकाले मतदानको प्रतिशत केही बढ्न सक्ने उनको विश्वास छ। प्रदेश १ अपेक्षाकृत कम मतदान भएको र मधेशमा ६५ प्रतिशत भएको उनको भनाइ छ।

छिटफुटबाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको भन्दै उनले निर्वाचनसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन्।
देशका १५ मतदानस्थानमा मतदान स्थगित भएको समेत उनले जानकारी दिए। स्थगित भएका स्थानमा २ दिनभित्र मतदान निर्देशन दिइसकिएको समेत उनले जानकारी दिए।

बाजुराको त्रिवेणी नगरपालिकामा दोहोरो झडपमा एक जनाको ज्यान गएको छ।


सम्बन्धित खबरहरु