आज: 

सामाजिक सञ्जालबाट प्रचार सामग्री अझै हटेन, लाइक र कमेन्ट गर्नेलाई २५ हजार जरिबाना

ओके खबर २ मंसिर २०७९, शुक्रबार ०८:१३ मा प्रकाशित ( महिना अघि) ८२ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले स्थिर समयमा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन फेरि पनि आग्रह गरेको छ।

 

काठमाडौं । आयोगले स्थिर समय सुरु हुनुभन्दा अगावैदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरे पनि धेरैले अझै हटाएका छैनन् । कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाए पनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो ।

 

आयोगले स्थिर समयमा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने भएकाले त्यस्ता सामग्री हटाउन पनि भनेको छ । चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्तालाई आग्रह गरेको हो ।

 

यस्तै, चुनावका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिह्न भएका पोसाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, टोपी, स्टिकरलगायत प्रयोग गर्न पाइने छैन । पर्सि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । आयोगले कसैको दबाबमा नपरिकन ढुक्क भएर मत दिन पनि आग्रह गर्दै आएको छ।


सम्बन्धित खबरहरु