विदेशमा बस्ने नेपालीसँग रवि लामिछानेले मागे भोट

ओकेखबर संवाददाता २९ कार्तिक २०७९, मंगलवार ०९:२७ मा प्रकाशित ( साल अघि) १३० पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशमा बस्ने नेपालीहरूसँग पनि मत मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले घरमा कुरा हुँदा घण्टी चिह्नमा भोट मागिदिन अपिल गरेका हुन् ।

लामिछानेले विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्ने विषयमा आफू प्रष्ट रहेको भन्दै यसप्रति आगामी दिनमा आफ्नो पहल रहने पनि बताएका छन् । उनले लेखेका छन् ”हामीलाई थाहा छ, देशमा चुनावको यत्रो अभियान चलिरहँदा विदेशमा तपाईहरुको मन कति इच्छुक भएको छ भन्ने । हामीलाई थाहा छ, विदेशमा रगत पसिना बगाएर कमाएको पैसा पठाएर चलेको आफ्नै देशमा आफ्नो मतदानको अधिकार नपाउँदा कस्तो हुन्छ भन्ने । हामी गर्नेछौ देशभित्र र विदेशमा जहाँ अस्थायी बसोबास भए पनि आफ्नो स्थायी ठेगाना रहेको क्षेत्रका लागि भोट हाल्ने व्यवस्था ।”

लामिछानेले निर्वाचनको माहोल भिन्दै रहेको भन्दै यसपटक देशमा साँच्चै नै केही फरक हुने विश्वास व्यक्त गरेका छन् ।


सम्बन्धित खबरहरु