अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको ज्यान गयो, दुई जना घाइते

ओकेखबर संवाददाता २९ कार्तिक २०७९, मंगलवार ०९:१६ मा प्रकाशित ( साल अघि) ३१८ पाठक संख्या

काठमाडौं । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो ।

ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ । गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।


सम्बन्धित खबरहरु