संसारका ४६ करोड मानिसमा मधुमेह, कसरी बच्ने?

ओकेखबर संवाददाता २८ कार्तिक २०७९, सोमबार ०८:२७ मा प्रकाशित ( साल अघि) २६९ पाठक संख्या

काठमाडौं । शरीरमा सुगरको मात्रा अधिक हुनु नै मधुमेह हुनु हो । हाम्रो शरीरका लागि सुगर अपरिहार्य वस्तु हो । यसको मात्रा बढी भए पनि हामीलाई समस्या हुन्छ तथा कम भए पनि समस्या निम्तिने गर्दछ ।

आज नोभेम्वर १४ । नेपालसहित विश्वभर मधुमेह दिवस मनाइदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो ।

सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने रहेको छ । विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ ।

नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान छ । डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण हाम्रो जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालेको छ ।

समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरहरु बताउँछन् । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । मधुमेहका कारण मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने डाक्टरहरु बताउँछन् ।

 

के खाने, के नखाने ?

मोटोपन गराउने खाद्यवस्तु, चामल, गहुँ, जौ, गहुँ, मकै, फापर, चिनीबाट बनेको वस्तुको परिकारमा नियन्त्रण गनुपर्दछ । मोटोपन हुनुको कारण नै गुलियो वस्तु बढी सेवन हो ।

 

डाइबिटिज भएको मानिसले माछामासु कम सेवन गर्ने, त्यसैगरी गेडागुडी, फलफूल, हरियो सागपात, आदि बढी सेवन गर्दा केही हदसम्म रोग नियन्त्रण हुने गर्दछ । त्यसैगरी, शरीरिक व्यायाम, प्रत्येक दिन एक कलोमिटर हिँड्ने, गनुपर्दछ । यसका साथै नियमित रगत जाँच गरेर ग्लुकोजको मात्रा कति छ हेर्ने गनुपर्दछ । यस्तै, तौल, नियन्त्रण गर्दा डाइबिटिज कम हुने चिकित्सकहरू बताउँछन् ।

 


सम्बन्धित खबरहरु