इंग्ल्याण्डले जित्यो टी-२० विश्वकपको उपाधी

ओकेखबर संवाददाता २७ कार्तिक २०७९, आईतवार २१:५८ मा प्रकाशित ( साल अघि) १६१ पाठक संख्या

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको उपाधी इंग्ल्याण्डले जितेको छ । अष्ट्रेलियामा आइतबार सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधी कब्जा गरेको हो ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो । १३८ रनको चुनौती पच्छ्याउँदै मैदान छिरेको इंगल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो ।

इंगल्याण्डलाई दोस्रो पटक टी–२० विश्कपको उपाधी दिलाउने क्रममा बेन स्टक्सले अर्धशतकीय पारी खेले । यस्तै कप्तान जस बटलरले २६, ह्यारी ब्रुकले २० तथा मोइन अलीले १९ रन बनाए । बलिङतर्फ पाकिस्तानका लागि नशीम शाहले २ तथा शाहिन शाह अफ्रिदी, शदाब खान र मोहम्मद वासिमले समान १–१ विकेट लिए ।

यसअघि कमजोर ब्याटिङ गरेको पाकिस्तानका लागि शान मसूदले सर्वाधिक ३० रन बनाए । यस्तै कप्तान बाबर आजमले ३२ तथा शदाब खानले २० र मोहम्मद रिजवानले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

इंगल्याण्डका लागि शाम करनले ३ विकेट चट्काए भने आदिल रसिद र क्रिस जोर्डनले समान २–२ विकेट हात पारे । बेन स्टक्सका नाममा १ विकेट रह्यो ।


सम्बन्धित खबरहरु