आज: 

स्थानीय निर्वाचन : यस्तो छ मतदान स्थल, मतदान केन्द्रको (सूची)

ओके खबर १४ चैत्र २०७८, सोमबार ०८:३४ मा प्रकाशित ( साल अघि) २५५ पाठक संख्या

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ भने तिनमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ।

आयोगले सार्वजनिक गरेको सूचीअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी मतदान स्थल २ हजार १ सय ६३ वटा र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र तोकिएका छन्। मधेस प्रदेशका ८ जिल्लामा गरी मतदाताको संख्या ३३ लाख ३१ हजार १ सय ७० रहेको आयोगले जनाएको छ।

प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल तथा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ। जहाँ ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता छन्।

बागमती प्रदेशमा १ हजार ७ सय ९२ मतदान स्थल तथा ४ हजार ९५ मतदान केन्द्र राखिएका छन्, जुन प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता छन्।

आयोगका अनुसार गण्डकी प्रदेशमा १ हजार २ सय ५३ मतदान स्थल छन्, उक्त प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता छन्।

यसैगरी ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेको लुम्बिनीमा १ हजार ६ सय २९ मतदान स्थल तोकिएको छ। १० लाख १ हजार २ सय ८२ मतदाता रहेको कर्णालीमा ९ सय ७ मतदान स्थल निर्धारण गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३५ मतदान स्थल तय गरिएको छ। जहाँ १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

हेर्नुहोस् मतदान स्थल, मतदान केन्द्र र मतदाताको विवरण– List_Final_VOteLL_Final_Voter_LL_2079


सम्बन्धित खबरहरु