आज: 

उडिरहेको हेलिकप्टरमै जन्मियो बच्चा

ओके खबर १८ फाल्गुन २०७८, बुधबार ०९:२३ मा प्रकाशित ( महिना अघि) १२३ पाठक संख्या

सुर्खेत । सुत्केरी हुन नसकेपछि नेपाली सेनाले उद्वार गरेर मुगु जिल्लाबाट प्रदेश अस्पताल ल्याउँदै गर्दा हेलिकोप्टरमै बच्चा जन्मिएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर नेवारेका अनुसार मुगुकी एक सुत्केरी महिलाको मंगलवार उद्धार गरिएको हो ।

उक्त वेशको कमाण्ड गर्दै आएका पाइलट प्रमुख सेनानी रचन श्रेष्ठले मुगुको खत्याड गाउँपालिका–४ की २० वर्षीय धनलक्ष्मी रावललाई सुत्केरी व्यथाले च्यापेको १८ घण्टाभन्दा बढी उद्धार गरिएको जानकारी दिए ।

नेपाली सेनाका अनुसार मुगुबाट सुत्केरी रावलको मुगुबाट उद्वार गरेर फर्किने क्रममा दैलेख जिल्लाको आकाशमा आइरहेको बेला बच्चा जन्मिएको जनाएको छ ।

नेपाली सेनाले आमा र शिशु दुवैलाई बोकेर ल्याएको हेलिकोप्टर प्रदेश अस्पताल कालागाउँमा ल्याण्ड गरेको थियो ।

उद्दार गरिएका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित खबरहरु