युक्रेन युद्ध : अमेरिकाले लगायो रुसविरुद्ध हवाई प्रतिबन्ध

ओकेखबर संवाददाता १८ फाल्गुन २०७८, बुधबार ०९:०६ मा प्रकाशित ( साल अघि) ३९२ पाठक संख्या

अमेरिकाले रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश रोक लगाएको छ। बुधबार बिहान सम्बाेधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्ध प्रतिबन्ध घोषणा गरेका हुन्।

बाइडेनले रुसबाट आउने सबै निजी तथा व्यावसायिक विमान प्रवेशमा रोक लगाइने बताएका हुन्। यसअघि नै युरापेली मुलुक र क्यानडाले पनि यस्तै किसिमको प्रतिबन्धको घोषणा गरिसकेका छन्।

बाइडेनले यस किसिमको प्रतिबन्धले रुसलाई थप एक्लो बनाउने र उसको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने उल्लेख गरेका छन्।

रुसको मुद्रा रुबेल ३० प्रतिशत र शेयर बजार ४० प्रतिशतले घटिसकेको उल्लेख गर्दै बाइडेनले रुस ठूलो आर्थिक संकटतर्फ गइरहेको बताए। बाइडेनले भने, ‘पुटिनले किभलाई ट्यांकले घेर्न सक्छन् तर युक्रेनका जनताको मुटु र आत्मा भने पाउन सक्दैनन्।’

सम्बोधनको क्रममा उनले रुसलाई सजाय दिनु जरुरी रहेको उल्लेख गरेका थिए। उनले भने, ‘जब कुनै तानाशाहले आफ्नो आक्रामकताको सजाय पाउँदैनन्, तब उनीहरु थप अराजकता फैलाउँछन्।’


सम्बन्धित खबरहरु