आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

ओकेखबर संवाददाता १२ फाल्गुन २०७८, बिहीबार ०८:०७ मा प्रकाशित ( साल अघि) १०४ पाठक संख्या

काठमाडौं । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदूर पश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको साथै उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै उक्त प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

  1. र शनिबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको साथै उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित खबरहरु