काठमाडौं । अभिनेता पल शाहविरुद्ध १७ वर्षिया एक नावालिग किशोरीले आफूलाई ललाइफकाइ जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।
ती किशोरीले आफ्ना केही आफन्तहरुसहित तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएको गण्डकी प्रहरीको उच्च स्रोतले बतायो। उजुरीमा शाहमाथि प्रेमका नाममा बालिकालाई ललाइ-फकाई र प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको बताइएको छ।
हालै मात्र सार्वजनिक भएको एक अडियोमा अभिनेता शाहले एक किशोरी गायिकासँग शारीरिक सम्बन्ध भएको स्वीकार गरेका थिए।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।