आज: 

एमसीसी सम्झौता अनुमोदन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ओके खबर २९ कार्तिक २०७८, सोमबार ०७:४३ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

काठमाडौं । निजी क्षेत्रका संघसंस्थाले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता संसदबाट अनुमोदन गराउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल–अमेरिका उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल–उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल निर्माण व्यवसायी महासंघ लगायताका आधा दर्जन संघसंस्थाले एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदनमा भइरहेको अनिर्णयले अन्तर्राष्ट्रिय वृत्तमा ‘करार कार्यान्वयन’ मा नेपालको साख कमजोर भएको र यसले वैदेशिक लगानीमा समेत असर पार्ने उल्लेख छ ।

नेपालको पूर्वाधार विकासमा अमेरिकी सरकारले एमसीसीमार्फत् ५० करोड अमेरिकी डलर अनुदान दिनेगरी नेपाल र अमेरिकाबीच २०७४ सालमा सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकै सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।


सम्बन्धित खबरहरु