कांग्रेसले बनायो महाधिवेशनका लागि विभिन्न समिती, कुन समितिमा को ? (नामावली सहित)

ओकेखबर संवाददाता २९ कार्तिक २०७८, सोमबार ०७:३९ मा प्रकाशित ( साल अघि) १६६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४औँ महाधिवेशन मूल तयारी समिति गठन गरेको छ ।

काठमाडौंको बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको हो ।

पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, संघीय सांसदहरू, सात वटै प्रदेश संसदीय दलका नेताहरू महाधिवेशन मूल तयारी समितिको सदस्य रहने निर्णय भएको छ ।

कांग्रेसले पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ ।

१४औँ महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने र त्यसबाट निर्वाचित हुने केन्द्रीय कार्य समितिले पार्टीको नीति र कार्यक्रममा लागि छुट्टै महाधिवेशन गराउने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको महाधिवेशनका लागि अर्थ संकलन आवश्यक पर्नेछ । अथं संकलनका लागि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति निर्माण भएको छ । विदेशी पाहुना स्वागत तथा व्यवस्थापनका सम्बन्धमा पार्टीका सह–महामन्त्री डा.प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ ।

भोजन तथा आवासको सम्बन्धमा व्यवस्थापन गर्न सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । प्रचार प्रसार समितिको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइएको छ ।

उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सभापति सदस्य रहने गरी काठमाडौं जिल्लाका सभापति संयोजक रहेको समिति गठन भएको छ ।

स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ । सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य सीता गुरुङलाई दिइएको छ ।

स्वयम् सेवक मूल समितिको संयोजकको जिम्मेवारी धनबहादुर मास्के रानाले पाएका छन् । विभिन्न समितिमा संयोजकहरूले आवश्यक्तानुसार सदस्यहरू चयन गर्नेछन् ।

नेपाली कांग्रेसले सात वटै प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका नेताहरूलाई जिम्मेवारी तोेकेको छ ।

प्रदेश १ मा प्रदेश अधिवेशन सम्पन्न गर्न पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ । अधिवेशन विराटनगरमा आयोजना हुनेछ ।

प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ । त्यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य रमेश रिजाललाई दिइएको छ ।

बागमती प्रदेशको संयोजकमा प्रकाशमान सिंहलाई जिम्मेवारी दिइएको छ । बागमती प्रदेशको अधिवेशन हेटौँडा तोकिएको छ ।

गण्डकी प्रदेशको प्रदेश अधिवेशनका लागि संयोजकमा पार्टीका गोपालमान श्रेष्ठलाई तोकिएको छ । गण्डकी प्रदेशको महाधिवेशन पोखरामा हुनेछ ।

लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी बालकृष्ण खाणलाई दिइएको छ । लुम्बिनीको महाधिवेशन बुटवलमा हुनेछ ।

कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गराउन केन्द्रीय सदस्य जीवनबहादर शाहीलाई संयोजक तोकिएको छ । कर्णाली प्रदेशको महाविधेशन वीरेन्द्रनगरमा हुनेछ ।

सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न गराउन दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको छ । सुदूरपश्चिम प्रदेशको महाधिवेशन धनगढीमा हुनेछ ।

तोकिएका संयोजकहरूले प्रदेश अधिवेशनको अध्यक्षता गर्नेछन् ।

अधिवेशनमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेश सभाका संसदीय दलका नेता र प्रदेश सभाका सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उप–प्रमुखहरू, संयोजक र उप–संयोजकहरू, नगरपालिकाका मेयर र उप–मेयरहरू, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुनेछन् ।

प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधानका कारण नगरपालिकाले नेपाल पत्रकार महासङ्घ तनहुँको सहकार्यमा सार्वजनिक सुनुवाइ गरेको हो । सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, विभिन्न वडाका अध्यक्ष, शाखाका प्रमुखले गुनासोको सुनुवाइ गर्नुभएको थियो ।


सम्बन्धित खबरहरु