काठमाडौँ । हवाई इन्धनको मूल्य बढेपछि हवाई भाडा बढ्ने भएको छ ।
नेपाल वायु सेवा सञ्चालक संघले प्रस्ताव गरेको नयाँ फ्युल सरचार्जलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमोदन गरेपछि सोमबारबाट संघले नयाँ भाडादर लागू गर्ने भएको हो ।
संघले गन्तव्यअनुसार २० रुपैयाँदेखि २ सय २० रुपैयाँसम्म भाडा बढाएको छ । सबैभन बढी काठमाडौं–धनगढी रुटमा २ सय २० रुपैयाँ र डोटी–साँफेबगरको भाडा २० रुपैयाँले बढाएको छ ।
नेपाल आयाल निगमले हवाई इन्धनको मूल्यमा पछिल्लो पटक प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको थियो ।