आज: 

विदेशी नागरिकता लिईसकेका नेपालीलाई मताधिकार दिन सकिदैन : प्रधानमन्त्री देउवा

ओके खबर १४ कार्तिक २०७८, आईतवार ०९:१९ मा प्रकाशित ( महिना अघि) ५३ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने बताएका छन् ।

बेलायत भ्रमणमा रहेका देउवाले शनिबार गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने ‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन सकिदैन । त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन ।’

देउवाले प्रवासी नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न समेत आह्वान गरेका छन् । ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु,’ उनले भने।

उनले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको बताए ।


सम्बन्धित खबरहरु