रोशनी शाहीले हालिन् भतिजीमाथि मुद्दा

ओकेखबर संवाददाता १४ कार्तिक २०७८, आईतवार ०९:१७ मा प्रकाशित ( साल अघि) १५५ पाठक संख्या

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएको समाचारपछि बेलाबखत चर्चामा आइरहने रोशनी शाहीले जिल्ला अदालत काठमाडौंमा आफ्नै भतिजीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएकी छन् ।

रोशनीले आफ्नै जेठाजुकी छोरीलाई कानुनी अत्तो थापेकी हुन् । महराको मुद्दा टुंग्याएको काठमाडौं जिल्ला अदालतमै सामाजिक सञ्जालको गालीगलौजलाई टेकेर भतिजी अर्पना दाहालविरुद्ध फिराद हालिएको हो ।

अर्पनाले ज्यान मार्ने धम्कीसमेत दिएको दाबीसहित उनलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । शाहीले दाहालविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा २०६,उपदफा २ (क) र ३०७ को उपदफा २ बमोजिम कारबाहीको माग गरेकी हुन् ।

कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेछ । तर, विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायँमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँँसम्म जरिवाना हुनेछ ।


सम्बन्धित खबरहरु